गुल्मीको हवाङ्दीमा पुगेन केन्द्रीय प्रशारण लाइन विद्युत
गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्बर -३ हवाङ्दीमा अहिलेसम्म केन्द्रीय प्रशारण लाइन बिधुत पुग्न सकेको छैन् । देशका अधिकांश भुभागमा बिधुत पुगिसकेर पनि नेपाल सरकारले २०७५ सालमा नेपाललाई लोडसेडिङ मुक्त देश घोषण गरिसकेको छ । लोडसेडिङ मुक्त भएको ६ बर्ष सम्म मालिकाको हवाङ्दिमा बिधुत पुग्न नसक्दा अझै अध्यारोमा बस्नुपर्ने समस्या रहेको छ ।
गाउँमा अझै बत्ती पुग्न सकेन स्थानीय सरकारले सहयोग नै गरेनन् संघको बजेटबाट टेण्डर भएको भएपनि कामले गति नलिएको स्थानीय अमर थापाले गुनासो गरे । उनले भने ञ हामी कहिले सम्म अध्यारोमा बस्नुपर्ने हो थाहा छैन झ अहिलेसम्म बिधुत आइपुगेको छैन अरु के कुराको आश राख्नु खै उनले भने । बैकल्पिक बिधुतको रुपमा लघु जलविद्युत स्थानीय स्तरमा उत्पादन गरेको र साझामा केही समय बिधुत चल्ने गरेको छ ।
त्यही समयमा मोबाइलहरु चार्जर गरि राख्ने गरेको स्थानीय खडक बहादुर थापाले बताएका छन् । ठुलो पानी पर्यो भने र चैत बैशाखमा सुख्ख मौसम हुदा त्यहि बिधुत पनि नचल्ने गरेको उनले गुनासो गरे । केन्द्रीय प्रशारण लाइनका लागि पोल गाडी सकिएको र छिट्टै तार तानेर बिधुत सञ्चालन गरिने वडा अध्यक्ष ज्ञान कुमार बुढाले बताए ।