मकै र काँक्राको बीउ इस्माका अग्नि पीडितलाई सहयोग



Advertisement
विज्ञापन

गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका अग्नि पीडितलाई मकै र काँक्राको बीउ सहयोग गरिएको छ । तम्घास निवासी ‘गाउँले किसान भेट’का सञ्चालक महेन्द्र पोखरेलले मनकामना जातको मकै र काँक्राको बीउ प्रदान गरेका हुन् ।

आगलागीले मकै छर्ने समयमा बीउ जलेर सखाप भएपछि पोखरेलले २६ जना अग्निपीडितलाई बिउ सहयोग गरेका हुन् । ८ वैशाखमा सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा लाखौंको क्षति भएको छ ।


Advertisement
Advertisement
Advertisement

पोखरेलले आगलागीमा परेर घाइते भएका पशुचौपायलाई   आवश्यक नि:शुल्क औषधि वितरण गरेका छन् ।आगलागीबाट जलेका पशुहरुको गोठमै पुगेर पशु उपचार सेवा उपलब्ध समेत गराएका छन् ।

आगलागीबाट जलेका पशुहरुको गोठमै पुगेर पशु उपचार सेवा दिदैं गाउँले किसान भेटका सञ्चालक महेन्द्र पोखरेल तस्बिर : गुल्मी खबर

इस्मा गाउँपालिका -२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडा नम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडा नम्बर–६ को बुल्ममा आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् । ५६ पशुचौपाय जलेका छन् । एउटा ट्याक्टरमा आगलागी हुँदा २ जना व्यक्ति घाइते भएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन


Advertisement
विज्ञापन