गुल्मीका एम्बुलेन्समा जिपिएस जडान गरिने



गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले एम्बुलेन्स संचालनमा कडाई गर्ने योजना बनाएको छ । नागरिक स्तरबाट व्यापक गुनासो आएपछि जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिको बैठक बसेर केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । एम्बुलेन्स चालकहरुले वास्तविक स्थान र सूचना नदिने, स्थानीय तहका एम्बुलेन्सहरु पनि बजार केन्द्रित भएर बस्ने र बिरामी बाहेकका यात्रु राख्ने गरेका गुनासा आउने गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्ला संचालित सवै एम्बुलेन्समा अनिवार्य जिपिएस सिस्टम जडान गर्ने निर्णय गरेको छ । जिपिएस सिस्टम जडान भएपछि सहि ठाउँ नभन्ने चालकको प्रवृति नियमन हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘एम्बुलेन्सका व्यापक गुनासा आएका छन् । निगरानी बढाइरहेका कारबाही पनि गर्छौ,’उनले भने,‘नियमनका लागि बैठक बसेर चारवटा महत्वपूर्ण निर्णय पनि गरेका छौ ।’

त्यस्तै दुर्घटना स्थलबाट पायक पर्ने स्थानसम्म एम्बुलेन्सले निशुल्क सेवा दिनुपर्ने व्यावस्था कडाईका साथ कार्यान्वयन गर्ने र एम्बुलेन्स संचालन गर्ने संस्थाले चुस्तदुरुस्त अवस्थामा संस्था भएकै ठाउँमा राख्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरैले जानकारी दिए ।

बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी, यातयात व्यावसायी, गुल्मी अस्पताल र संयुक्त एम्बुलेन्स संचालक संघका प्रमुख एवं प्रतिनिधीहरु सहभागी थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.