गुल्मीमा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता हुने



गुल्मी – गुल्मीमा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ  । रेसुङ्गा नगरपालिका कार्यपालिकाको बैठकको निर्णयानुसार रेसुङ्गा नगर स्थापना दिवसको अवसरमा वडास्तरीय प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता हुने भएको हो ।

बैशाख २४ गतेदेखि २७ गतेसम्म चिदिचौरमा पुरुषहरु बिच खेल सञ्चालन हुने छ। नगरपालिका भित्रका सम्पूर्ण वडा कार्यालयहरुले आफ्नो वडाबाट प्रतिनिधित्व हुने गरी प्रतियोगितामा खेलाडी सहभागी हुने छन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

वडाका स्थायी वासिन्दा पुरुष खेलाडीहरु मध्येवाट एक टिममा १६ जना खेलाडी हुने छन भने १ जना टिम कोच र १ जना अफिसियल सहित १८ जना सहभागी हुन पाउनेेछन् ।  वडा अध्यक्षको सिफारिस सहित खेलाडीको नाम नाम विवरण बैैशाख १७ गतेसम्म उपलब्ध गराउनुपर्ने नगरपालिकाले जनाएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले गत बैशाख १० गते एक सुचना जारी गर्दै प्रत्येक वडाको खेलाडी सहितको विवरण शिक्षा शाखामा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.