गुल्मीको रेसुङ्गामा आगलागी, निभाउने प्रयास जारी



गुल्मी – गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा वनमा यतिबेला भीषण आगलागी भइरहेको छ। हावाहुरीसहित भएको आगलागीका कारण रेसुंगामा रहेको रेडियो नेपाल र एनसेलको टावर उच्च जोखिममा परेको छ।

शनिबार दिउँसोदेखि रेसुंगा र अर्जुनका वनमा आगलागी भएको थियो। तीनै तहका सुरक्षाकर्मी, स्थानीयद्वारा दमकलको सहयोगमा आगो केही नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।


Advertisement

प्रवक्ता पोखरेलका अनुसार आइतबार  पुन: रेसुंगा वनमा भीषण आगलागी भएको छ। हावाहुरीसहित भएको आगलागी अहिले नियन्त्रणभन्दा बाहिर छ। जिल्लामा एउटा मात्रै दमकल भएको र सबै ठाउँमा नपुग्ने भएकाले आगो निभाउन थप समस्या देखिएको प्रहरीले जनाएको छ।

भीषण आगलागीका कारण  सदरमुकाम तम्घास नजिकका बस्तीहरू उच्च जोखिममा छन्। आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय र तम्घास बजारबासीलाई आगो नियन्त्रणमा जुट्न समेत प्रशासनले अनुरोध गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन