जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामग्री
गुल्मी – पछिल्लो समय मानिसका जन्मदिन मनाउने तरिका आ–आफ्नै छन् । कतिपयले जन्मदिनको अवसरमा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्चिएर त्यो दिनलाई विशेष बनाउने गर्दछन् त कतिले फजुल खर्चलाई कटौती सामाजिक क्षेत्रमा पनि योगदान दिने गरेका छन् । जन्मदिनमा केक काट्ने साथीभाई भेटघाट तथा भोजभतेर गरेर आफ्नो जन्मदिनलाई बिशेष बनाउने प्रचलन हाम्रो समाजमा अझै पनि कायममै छ । तर,गुल्मीमा एक युवाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र झोला वितरण गरेका छन् ।
जिल्लाको मालिका गाउँपालिका -८ दघास निवासी जगत पौडेलले जन्मदिनमा हुने फजूल खर्चले गाउँकै थानपति निम्न माद्यामिक विद्यालयका दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री र झोला वितरण गरेका हुन् ।
आजभोली जन्मदिनको नाममा समाजमा हुने भड्किलो गतिबिधिलाई रोक्न र सभ्य समाज निर्माणका लागि आफुले हरेक बर्ष जन्मदिनको समय र पैसा सामाजिक काममै खर्चिदै आएको पौडेलले बताए ।
‘पछिल्लो समय जन्मदिन मनाउने बाहानामा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्च गर्ने चलन छ,` ´घिमिरेले भने` ´मैले आगलागीले नागरिक रुहाइरहेको छ, त्यसैले पीडितको घाउमा मलमपट्टी लगाउन केही सहयोग होस् भन्ने हेतुले गर्ने फजुल खर्च अग्नि पीडितलाई दिएको हुँ।`मालिका गाउँपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका पौडेलले उक्त विद्यालयका पुर्व विद्यार्थी समेत हुन् ।
जन्मदिनको नाममा अनावश्यक खर्च गर्ने शैक्षिक क्षेत्रमा लगानी गरेकोमा पौडेलको प्रशंसा गर्दै उनको गरेको कार्य समाजको लागि उदाहरणीय रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष डिवि खड्काले बताए । अध्यक्ष खड्काले पौडेललाई धन्यवाद दिदैं शैक्षिक सामाग्री वितरणले विद्यार्थीलाई पढाईमा थप उत्साह बढ्ने बताए ।