गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु



फाइल तस्बिर

गुल्मी  – गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका -२ छापटाेला बस्ने ४३ वर्षीय खुमकला थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

मृतक थापा बिहिवार श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका-३ दहडाँडामा गएकी थिइन् । दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उनलाई उपचारको लागि जिल्लाको सदरमुकाम तम्घास स्थित  गुल्मी अस्पताल ल्याइएको थियो ।

उपचारको क्रममा अस्पतालले थापालाई मृत घाेषणा गरेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.