राज्यबाट भुक्तानी नहुँदा गुल्मीमा १५ शय्याको अस्पताल अलपत्र

" अस्पताल भवनमा बनाएका संरचना विग्रने र भत्कने भएकाले त्यसको संरक्षणको लागि भवनमा ताला लगाउनुपरेको निर्माण कम्पनीको दाबी छ। "

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका-३ धुरेलडाँडामा निर्माण गरिएको १५ शय्याको साढे पाँच तले अस्पताल भवन

समयमै अस्पताल भवन निर्माणको काम सम्पन्न गरेपनि राज्यले भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीले ताला लगाएका छन्। अस्पताल भवनमा बनाएका संरचना विग्रने र भत्कने भएकाले त्यसको संरक्षणको लागि भवनमा ताला लगाउनुपरेको निर्माण कम्पनीको दाबी छ। अस्पताल निर्माण सकिएपछि गाउँपालिकामा भुक्तानी माग गर्न धैरपटक निर्माण कम्पनी पुगेपनि गरी त्यसको सुनुवाइ नभएको प्रतिनिधि खनालले बताए।

भुक्तानी र भवन हस्तान्तरणको विषय लगेर आफूहरू पुग्ने गरेपनि छलफल गरौंला भन्ने र विभिन्न बाहाना बनाएर गाउँपालिका तर्कन खोजेको उनको आरोप छ। भवन निर्माण सकिएको बर्षदिन वितिसक्दा यसको व्यावस्थापनमा कसैले चासो नदिँदा संरचना समेत जीर्ण बन्न थालेका छन्। भवन वरपर घाँस पलाएर झाडी बन्न थालेको छ। बनेका कतिपय संरचना भत्किन थालेका छन्।


Advertisement

भवनको रकम निकासा गर्नका लागि गाउँपालिका र निमार्ण व्यावसायीले निरन्तर पहल गरिरहेको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए। भवनको बाँकी रकम भुक्तानी गर्नको लागि पालिकामा कुनै स्रोत नभएकाले आगामी वर्षको बजेटबाट व्यावस्थापन गर्ने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष थापाले बताए। आधारभूत अस्पताल निर्माणका लागि देशभरका स्थानीय तहमा सरकारले २०७७ मंसिर १५ गते एकैपटक शिलान्याश गरिएको थियो।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन