गुल्मीमा बस दुर्घटना हुँदा एकको मृत्यु,१२ जना घाईते



दुर्घटनामा घाइते भएका ११ जनाको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका एक जनाको रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन्।

बस दुर्घटनामा परेर स्याङ्जाको बालिङका २८ वर्षीय मनोज वाल्यालको बायाँ खुट्टामा चोट लागेको छ। उनी सवारी चालक समेत हुन्। त्यस्तै स्याङ्जाका २७ वर्षीय खेमराज लम्साल, कास्कीका २३ वर्षीय रोशनी नेपाली, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ का ३० वर्षीय रीता विश्वकर्मा, छत्रकोट गाउँपालिका-३ का ४२ वर्षीय शान्ति परियार घाइते भएका छन्।

रुरुक्षेत्र गाउँपालिका-३ का २३ वर्षीय सुशीला नेपाली, २३ वर्षीय गंगा नेपाली रेसुंगा नगरपालिका- १० का केशव अर्याल र इन्द्रा सुवेदी घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिका-२ का २० वर्षीय ओम बहादुर बलाल र डडेलधुरा नवदुर्गा गाउँपालिका-२ का राज बहादुर साउद घाइते भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.