स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभाम्वित



गुल्मी – स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृह्त स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृह्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपूरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर,प्रेसर,थाइराईड्स,दम,पेट,छाती,यौनरोग,हाडजोर्नी तथा नशारोग,महिला प्रसुती तथा स्त्री रोग,छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

फिजिसियन सेवा तर्फ ५ सय ८०,हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७,महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४,छाला तथा यौन र आँखा उपचारमा १५९प्रयोगशाला तर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् । एकदिने बृह्त स्वास्थ्य शिविरमा चन्द्रकोटबासी सङ्गै सत्यवती,वाग्लुङ्गको बरेङ लगायतका स्थानका केही नागरिकले समेत निःशुल्क स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाले
जनाएको छ ।

एकदिने शिविरबाट कुल १ हजार ७५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । राम्रो र गुणस्तरीय स्वास्थ्य सेवा
लिनको लागि यहाँका नागरिक पाल्पा, बुटवल, काठमाडौं लगायतका ठुला अस्पत्ताल पुग्नु पथ्र्यो तर, गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविर संचालन गरिदिएपछि बाहिर जानुपर्ने बाध्यता हटेको सर्वसाधारण बताउँछन् ।

गाउँमै बिशेषज्ञ सहितको स्वास्थ्य पाएपछि बाहिर जान लाग्ने पैसा र समयको बचत भएको चन्द्रकोट गाउँपालिका -३ कि चन्द्रकला विकले बताईन् । शिविरका माध्यमबाट भुँइतहका सर्वसाधारण सम्म सेवा पुग्ने भएकाले थप यी र यस्ता कार्यक्रममा जोड दिन उनले गाउँपालिका समक्ष आग्रह गरेकी छन् ।

गाउँपालिका भित्रका असाहय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । निर्वाचनको समयमा जनतालाई दिएका प्रतिवद्धता पुरा गर्न र जनप्रतिनिधिको पदबहालीको २ बर्ष
पुगेको अवसरमा शिविर राखिएको अध्यक्ष केसीले बताए ।

‘हामीले गाउँपालिकाले नियमित कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य घुम्टी शिविर संचालन नागरिक समक्ष पुगेर स्वास्थ्य सेवा दिंदै आएका छौं’ ‘केसीले भने’ ‘आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका नागरिकलाई गाउँ तहमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरिएको हो, गाउँपालिका भित्रका अशक्त गरिब नागरिकले यस शिविर मार्फत थप प्रभावकारी र सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् ।यो चन्द्रकोटबासीकै खुसी र गौरवको बिषय हो ।’

शिविरमा सुगर,प्रेसर,थाइराइड्स,बाथ दम छाती तथा मुटुरोग विशेषज्ञ डा.हरिप्रसाद पन्थी,डा.विभव बस्याल र डा.दुर्गा सुरखालीले सेवा प्रवाह गरेको विशेषज्ञ सेवा प्रदान गरेको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरतजंग क्षेत्रीले जानकारी दिए ।

त्यस्तै शिवरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.विकाश न्यौपाने,डा.रमेश अर्याल र उत्सव रेग्मी र महिला प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.ज्योती श्रेष्ठ,डा.शिला ढकाल लगायतका १६ जना विशेषज्ञ डाक्टरले सेवा दिएको क्षेत्रीले बताए । गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउँदा बिरामीहरुले खुसी व्यक्त गरे । शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.