ग्रामीण क्षेत्रका नागरिकलाई सीप सिकाउँदै घरेलु



पहाडी जिल्ला गुल्मीको सत्यवती गाउँपालिकाका १५ स्थानीयलाई ३ सय ९० घण्टे तालिम प्रदान गरिएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र सत्यवती गाउँपालिकाको समन्वयमा तालिम प्रदान गरिएको हो।

जिल्लामा बाँस प्रशस्त मात्रमा पाइन्छ। यसबाट दैनिक जीवनमा प्रयोग गरिने थुपै्र फर्निचरका सामग्री निर्माण गर्न सकिन्छ। तर, पछिल्लो समय नयाँ पुस्तामा सीप र ज्ञानको अभावमा हस्तकलाको माध्यमबाट निर्माण गरिने सामग्री गाउँघरबाटै हराउन थालेका छन्। स्थानीय स्रोत र साधनको परिचालन गरी स्वदेशमै आत्मनिर्भर बनाउने हेतुले ग्रामीण क्षेत्रका नागरिकलाई सीप सिकाउन तालिमको आयोजना गरिएको तालिमका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका नारायण पन्थीले बताए।


Advertisement

कार्यक्रम संयोजक पन्थीका अनुसार १३ प्रकारका बाँसबाट विभिन्न सामग्री बनाउन सिकाइएको छ। तालिममा बाँसबाट फूलदानी, तीनकुने फ्रेम फाइलबक्स, लेटरबक्स, मोबाइल स्ट्यान, पेन स्ट्यान, बुरुस स्ट्यान र चुरा स्ट्यानलगाएतका सामग्री बनाउन सिकाएको पन्थीले बताए।

स्थानीय स्तरमा रहेको कच्चा पदार्थ र नागरिकको आवश्यकताअनुसार युवालाई तालिमको माध्यमबाट उद्यमी निर्माण गरी गाउँमै रोजगारी दिलाउने सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए। उनले तालिममा सिकेको सीपलाई प्रयोग गरेर गाउँमै व्यावसायिक रूपमा बाँसबाट सामग्री निर्माण गरी सहभागीलाई उद्यमी बन्नुपर्नेमा जोड दिए।

बाँसबाट फर्निचरका सामग्री बनाउने तालिमबाट सहभागीले व्यावसायिक रूपमा उत्पादन अपेक्षा कार्यालयले राखेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले बताए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.