गुल्मीको छत्रकोटमा १८ जना स्मार्ट आमा सम्मानित



गुल्मी- गणतन्त्र दिवसको अवसर पारेर छत्रकोट गाउँपालिका गुल्मीले स्मार्ट आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेका विभिन्न सुचकको आधारमा छनोट भएका ६ वटा वडाका १८ जना आमाहरुलाई सम्मान गरिएको छत्रकोट गाउँपालिकाले जनाएको छ ।


Advertisement

गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३/३ जना आमा छनोट गरेर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिए । गाउँपालिकाले २० वटा सूचकहरूमा १०० अंक राखेको थियो । जसमा प्रत्येक सूचकलाई ५ अंक निर्धारण गरिएको पोखरेलले बताए ।

गाउँपालिकाले निर्धारण गरेका सूचकहरूमा कम्तिमा ५६ देखि १०० अंक प्राप्त गर्ने आमाहरू सम्मानका लागि छनोटमा परेको उनले बताए । स्वास्थ्य शाखा प्रमुख पोखरेलका अनुसार नागरिकलाई स्वास्थ्य क्षेत्रमा गुणस्तरीय तथा मैत्रीपूर्ण सेवा प्रवाहका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । सुनौला हजार दिनका आमाहरूको मनोबल वृद्धि गर्ने र आमा बच्चा दुवैलाई स्वास्थ्य पहुँच दिलाउने हेतुले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रमको आयोजना गरिएको पोखरेलले बताए ।

छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा थुप्रै नयाँ र नौला कार्यक्रम संचालन गर्दै आएको छ । । स्मार्ट आमाहरूलाई सम्मान, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाइ सम्मानजनक विदाई तथा निवृत्तिभरण, पूर्ण पोषणमेत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम, पूर्ण संस्थागत प्रस्तुति सुनिश्चितता तथा दिगोपना घोषणा र किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणिकरण कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिए ।


स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले स्मार्ट आमा कार्यक्रमलाई जिल्लामै पहिलो र नयाँ भएको बताउँदै उनले छत्रकोट गाउँपालिकाले प्रत्येक बर्ष नयाँ कार्यक्रम संचालन गर्दै आएको बताए । स्मार्ट आमा कार्यक्रम आफैमा राम्रो भएकाले यसले समाज परिवर्तन तथा स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्याउन थप टेवा पुग्ने अधिकृत आर्चायले बताए । उनले पछिल्लो समय गाउँपालिकाका वर्थिङ सेन्टरहरू व्यवस्थित भएकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आग्रह गरे ।

गर्भ देखि बच्चा नहुर्किदनसँम्म बच्चालाई कसरी स्याहार गर्ने भन्ने विषयमा स्मार्ट आमा कार्यक्रमले थप टेवा पुगेको कविता पौडेलले बताईन् । गाउँपालिकाले निर्धारण गरेका सूचक पार गरेर स्मार्ट आमाको रुपमा सम्मानित भएकोमा खुसी व्यक्त गर्दै उनले यो कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकालाई समक्ष माग राखेकी छन् । त्यस्तै स्मार्ट आमामा सम्मानित भएकी राधिका जिसिले स्मार्ट आमा बन्न पाउँदा हर्षित भएको बताईन् । उनले बच्चाअरूलाई चेकजाँचका लागि धेरै सहज र स्वास्थ्य वारे जानकारी लिने मौका मिलेको बताईन् । गाउँपालिकाले संचालन गरेको स्मार्ट कार्यक्रम मार्फत बच्चाहरूलाई सफाइ गर्ने, पूर्ण खोप लगाउन, सुत्केरी हुँदा स्वास्थ्य संस्थामा चेकजाँचका लागि जानुपर्ने लगायतका विषयमा प्रेरणा प्रदान गरेको रामकला सोमैले सुनाईन् ।

सबै आमाहरूलाई स्माट बन्ने गरि लाग्न छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्री ज्ञवालीले आग्रह गरिन् । यो कार्यक्रम पहिलो चरणमै राम्रो देखिएकाले यसको सुनिश्चिततालाई कायम गरि दिगोपना राखिने बताइन् । गाउँपालिकालाई समृद्धि बनाउन स्वास्थ्य क्षेत्र एक महत्वपूर्ण रहेकाले यसै बर्षदेखि आमाहरूलाई स्मार्ट बनाउने कार्यक्रमको सुभारम्भ गरेर पालिका अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

 

गाउँपालिकाले गत वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै आइरहेको बताउँदै अध्यक्ष पाण्डेले गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिकाले भौतिक पूर्वाधारलाई पनि व्यवस्थित बनाउँदै लगिएको दाबी गरे । गुल्मीका १२ स्थानीय तहमध्ये स्मार्ट आमा सम्मान कार्यक्रम संचालन गर्नेमा छत्रकोट गाउँपालिका पहिलो बनेको छ । पूर्ण पोषणमैत्री पालिका घोषणा गर्नेमा छत्रकोट देशभर तस्रो र जिल्लामै पहिलो समेत बनेको थियो ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन