गुल्मी छत्रकोटको आफ्नै पाठ्यपुस्तक “हाम्रो छत्रकोट”



गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, रीतिरिवाज, चालचलन, पेसा व्यवसाय, इतिहासदेखि हालसम्मको विकासक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको पाठ्यक्रम सार्वजनिक गरिएको हो ।

“हाम्रो छत्रकोट” नामक पाठ्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरिएको बताए। उहाँले निमार्ण गरिएको स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान सफल भएको बताए । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा चुनौती र जिम्मेवारी थपिएको भन्दै यहाँका शिक्षकहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले लक्ष्य सजिलै प्राप्त हुने अध्यक्ष पाण्डेयले बताए ।

त्यस अवसरमा गत शैक्षिक सत्र–२०८० मा आधारभूत तह र माध्यमिक तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको छ । आधारभूत तह परीक्षा उत्तीर्ण (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १०) र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १२) मा ३.२ जिपिए भन्दा माथि अङ्क ल्याउने ९९ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।


Advertisement
Advertisement

दुईदेखिको लगातारको मेहनतले तयार पारिएको “हाम्रो छत्रकोट” नामक पाठ्यक्रम यस शैक्षिक सत्र–२०८१ गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनका लागि लागू गर्न स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले जानकारी दिए ।

यस गाउँपालिकाभित्र २८ वटा सामुदायिक, १ वटा संस्थागत विद्यालय र १४ वटा बालविकास केन्द्र रहेका छन् । यहाँका विद्यालयमा झण्डै ५२ सय विद्यार्थी अध्ययनरत छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन