छत्रकोटको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता



गुल्मी –  गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार १८ औं गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नयाँ आर्थिक वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

छत्रकोटले नीति तथा कार्यक्रममा पालिकाको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको थालनी, बन्दै गरेका स्वास्थ्य चौकी निर्माणको पुर्णता दिइने, डायलासिस गराईरहेका मृगौला रोगी, क्यान्सर रोगी, मुटुको गम्भीर रोगी, मेरुदण्डको पक्षघात भएका बिरामीलाई बिशेष सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

निशुल्क रगत परिक्षण, रुपन्देहीमा उपचाररत बिरामीलाई निशुल्क रगत, मोतियाबिन्दुको निशुल्क शल्यक्रिया, सामुदायिक महिला स्वयंम सेविकाको प्रोत्साहन गरिने बताइएको छ ।  यस्तै शिक्षालाई प्रविधिमैत्री र गुणस्तीय बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम, टाढाका विद्यार्थीलाई यातायातको व्यवस्था, वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालयका प्रधानाध्यापकलाई सम्मान, उत्कृष्ट नतिजा दिने बिषयगत शिक्षकलाई सम्मान, दिगाममा रहेको क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थिलाई पहिलो वर्षका लागी पुर्ण छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


Advertisement

छत्रकोट गाउँपालिकामा आगामी आर्थिक वर्षदेखी घर बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने नीति गाउँपालिकाले लिएको छ । व्यवसाय दर्ता र नविकरणलाई कडाईका साथ लागू गर्ने तथा दौंघाको चुन ढुंगा खानीको अध्ययन् गरिने, पालिकामा पर्यटन प्रवद्र्धन गर्न “रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास” भन्ने नारा साकार गर्न पल्लिकोटमा होमस्टे संचालन गर्ने लगायतका कार्यक्रम  नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

त्यस गाउँपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुलाई गाउँपालिकामा अभिलेखिकरण गर्ने व्यवस्था गरी आवश्यक नियमन गरी प्रभावकारी बनाइने उल्लेख गरिएको छ । त्यस्तै विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने अध्यक्ष पाण्डेले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन