गुल्मीको मदाने गाउँपालिकाले ल्यायो ५० करोड बजेट



 गुल्मी – गुल्मीको मदाने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड ३८ लाख ९२ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेकी हुन् । यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन , स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिइन् ।

गाउँपालिकाले चालु तर्फ ३० करोड २१ लाख ३५ हजार २ सय पुजिँगत तर्फ २० करोड १७ लाख ५६ हजार ८ सय बिनियोजन गरेको छ । गाउँ सभाको १५ औं अधिबेशनमा गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँरको अध्यक्षतामा आम्दानीतर्फ संघीय समानिकरणमा ९ करोड २३ लाख, संघ राजस्व बाँडफाँडमा ९ करोड एक लाख  प्रदेश समानिकरणमा ६९ लाख ८० हजार, प्रदेश राजस्व बाँडफाँडमा ४१ लाख रुपैयाँ आन्तरिक स्रोत राजश्व ३६ लाख रुपैयाँ अनुमान गरिएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि बजेट सार्वजनिक गर्दै मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसी तस्बिर : मनोज कार्की / गुल्मी खबर

आर्थिक वर्ष २०८१/८२ को लागि शिक्षा तर्फ २ करोड ५७ लाख ३० हजार रुपैयाँ, स्वास्थ्य तर्फ ७५ लाख ६८ हजार , कृषितर्फ ५० लाख ५० हजार रुपैयाँ बजेटको अनुमान गरिएको छ । त्यस्तै पशु विकास तर्फ ३० लाख ५० हजार रुपैयाँ,सामाजिक विकास तर्फ २ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘समुन्नत मदाने, सम्मानित मदानेबासी’को नारा बोकेको मदाने गाउँपालिकाले  उपलब्ध स्रोत, साधन, पुँजी, सिप एवं प्रविधिको प्रयोग गरेर विकास निर्माणको काममा जोड लक्ष्य लिएको छ । आगमि बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन,खानेपानी ,युवालाई रोजगार ,बिद्युत ,अपाङ्ग,बालबालिका तथा महिला लगाएतका बिभिन्न क्षेत्रको बिकाशलाई जोड दिदैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.