रेसुङ्गा नगरपालिकाले ल्यायो ७८ करोड बढीको वार्षिक बजेट



गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले ७८ करोड ३५ लाख बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १५ औं नगरसभामा सोमबार नगरपालिका प्रमुख खिलध्वज पन्थीले कुल ७८ करोड ३५ लाख पाँच हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

जस अन्तर्गत चालु बजेट तर्फ ५६ करोड २० लाख ७८ हजार रहेको छ । पुँजीगत तर्फ २२ करोड १४ लाख २७ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गत शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियोे । सोही आधारमा नगरपालिकाले वार्षिक बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले स्वास्थ्य, शिक्षा र पर्यटनका क्षेत्रमा आमूल परिवर्तन ल्याउने नीति तथा कार्यक्रमकै आधारमा बजेट बाँडफाँडमा प्राथमिकता दिइएको छ ।


Advertisement

‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने नाराको मुर्तरुप, तम्घास बजार उज्यालो सहरका रुपमा विकसित, हरियाली सहर र जनता केन्द्रित स्थानीय सरकार लगायतका कार्यक्रमहरुलाई अगाडि सारेको छ । नगरपालिकाले प्रदेश र संंघ सरकारबाट समुन्नत रेसुङ्गाको सपना साकार पार्न करोडौं बजेट सुनिश्चित पनि गरिसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिधल्वज पन्थीले बताए ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.