मदानेमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा तथा कर्मचारी सम्मानित



गुल्मी –गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा तथा कर्मचारीलाई सम्मान गरेको छ । सोमबार मदाने गाउँपालिकाको १५ औँ गाउँसभाको अवसरमा पालिकामा सबैभन्दा छिटो योजना कार्यान्वयन गर्ने वडा नम्बर १ अग्लुङ्गलाई पालिकाले सम्मान गरेको हो ।

अग्लुङ्गले चालु आर्थिक बर्षको वैशाख महिनासम्म वडाका सबै योजनाहरु सम्पन्न गरी भुक्तानी लगेको आधारमा पालिकाको नीतिअनुसार वडा कार्यालयलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । पालिका अध्यक्ष महेन्द्र कुवँर, उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत पन्थीले वडाध्यक्ष शुशिल चन्द र वडा सचिव पशुपति चन्दलाई टिका, खादा एवं सम्मान पत्रले सम्मान गरेका थिए ।


Advertisement

त्यसैगरी पालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी पनि सम्मानित भएका छन् । जसमा वडा नम्बर १ का वडा सचिव पशुपति चन्द, कृषि शाखा प्रमुख हुम बहादुर थापा र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद पन्थी रहेका छन् । उनीहरुलाई नगद १५ हजारसहित पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सम्मान पत्र, टिका एवं खादाले सम्मान गरेका थिए । मदानेले प्रत्येक बर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने वडा एवं कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन