नेपाल लाइफले दियो बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री



गुल्मी – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी उप शाखाले बिद्यार्थीलाई शैक्षिक सामाग्री र झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्लाको रेसुङ्गा नगरपालिका –९ मा अबस्थित उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्ययनरत बहिरा तथा बौद्धिक अपांगता भएका विद्यार्थीलाई सामाग्री वितरण गरेको हो । यस सामुदायिक विद्यालयमा अध्ययनरत बहिरा तथा बौद्धिक अपंगता भएका विद्यार्थीलाई पढाईमा थप हौसला प्रदान गर्न झोला र शैक्षिक सामग्री वितरण गरिएको गुल्मी उपशाखाका सहायक मदन भण्डारीले जानकारी दिए ।

बिहीबार इन्स्योरेन्स कम्पनीले एक समारोहका बीच यस विद्यालयमा अध्ययन गर्ने ३२ जना विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरेको हो । उपल्लो तम्घास माध्यमिक विद्यालयमा जिल्लाका १२ स्थानीय तहका २० जना बहिरा र १२ जना बौद्धिक अपांगता भएका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मधु गौतमले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत यस विद्यालयलाई छनोट गरी बिद्यार्थीलाई सहयोग प्रदान गरेकोमा इन्स्योरेन्स कम्पनीलाई धन्यबाद दिए । प्रधानाध्यापक गौतमले बौद्धिक अपांगता तथा बहिरा बिद्यार्थीहरुलाई समाजका सबै क्षेत्रको सहयोग उत्तिकै रहेको बताए ।


Advertisement
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल लाइफले गरेको काम उदारहणीय र प्रशंसायोग्य रहेको रेसुंगा नगरपालिका –९ का वडाध्यक्ष कृष्ण पाण्डेले बताए । वडाध्यक्ष पाण्डेले राज्यका सबै अङ्गले सामाजिक क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए । ‘बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो,’ ‘वडाध्यक्ष पाण्डेले भने’, ‘आम्दानीको केहि प्रतिशत रकम बीमामा लगानी गर्न सकेमा जीबनमा आइपर्ने अप्ठ्यारो परिस्थितीमा साहारा र पैसाको बचत हुन्छ, त्यसैले बीमाले सुखमा मद्दत र दुःख जोखिम वहन गर्छ ।’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी उपशाखा प्रमुख हरि बहादुर केसीले बिद्यार्थीहरुको उज्वल भविष्य र पढाईमा थप टेवा दिने हेतुले निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी दिए । उनले इन्स्योरेन्स कम्पनीले सबै समुदायका गरिब,विपन्न र असाहय विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउन शैक्षिक सामाग्री र झोला सहयोग गरिएको बताए । उपशाखा प्रमुख केसीले मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेकाले समयमै बीमा गरी जीवनमा हुने हानी नोक्सानीमा यसबाट फाइदा लिन आग्रह गरे ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी उप शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिसकेपछि लिएको सामूहिक तस्बिर : गुल्मी खबर

कम्पनीले गरेको झोला र शैक्षिक सामाग्री वितरणले बिद्यार्थीको पढाईमा गुणस्तर वृद्धि र सामुदायिक बिद्यालय तर्फको आकर्षण बढाउन थप टेवा पुग्ने अपेक्षा लिइएको छ । पछिल्लो समयमा यस उपल्लो तम्घास माध्यमिक बिद्यालयमा  बिभिन्न संघ संस्थाहरुले  बिभिन्न अबसर पारेर सहयोग गर्ने गर्न थालेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन