रेसुंगामा निःशुल्क प्राथमिक सेवा : एक सय बढिले लिए सेवा



गुल्मी – फोर्टिन स्टार युवा क्लवको आयोजनामा गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा एकदिने निःशुल्क प्राथमिक सेवा संचालन गरिएको छ । साउने औंसी मेलाको अवसरमा रेसुंगा धाममा गुल्मी मोडेल हस्पिटल प्रा.लिको मेडिकल सहयोगमा निःशुल्क प्राथमिक सेवा संचालन गरिएको हो । धार्मिक क्षेत्र रेसुंगामा एक महिने साउने मेला चलिरहेको छ ।

होरिबोधनी एकादशी र साउने औंसीको दिन रेसुंगामा श्रदालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । मन्दिरको दर्शन तथा पोखरीमा स्नान गर्न आउने भक्तजनको स्वास्थ्यमा एक्कासी आउने समस्यालाई प्राथमिक उपचारको माध्यमबाट सेवा दिने हेतुले निःशुल्क स्वास्थ्य सेवा संचालन गरिएको फोर्टिन स्टार युवा क्लवका अध्यक्ष नारायण आर्चायले जानकारी दिए ।


Advertisement

आइतबार साउने औंसी भएकाले रेसुंगा धाममा विहानैदेखी पोखरीमा स्नान र मन्दिरमा दर्शन तथा भजनकृतन गर्ने श्रदालुको विहानैदेखि घुइँचो लागेको थियो । निःशुल्क प्राथमिक सेवाबाट विभिन्न स्थानबाट आएका १ सय बढि दर्शनार्थीले सेवा लिएको छन् । प्रेसर,ग्याष्टिक,सामान्य चोट लागेका बिरामीले सेवा लिएका थिए । विगतका बर्षदेखि फोर्टिन स्टार युवा क्लवले खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रत्येक बर्ष माध्यमिक तह जिल्लास्तरीय छात्र फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

त्यस्तै क्लवले सामाजिक कार्य अन्र्तगत समाजमा नागरिकलाई सचेतना फैलाउन टाफिक जनचेतना सम्बन्धि होडिङ बोर्ड, नेपाली कला संकृतिको संरक्षण र पर्वद्धन गर्न सांकृतिक कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष आर्चायले जानकारी दिए । जिल्लाको सदरमुकाम तम्घास स्थित चिदिचौर खेलमैदान परिसरमा फोहोर मैला व्यावस्थापनका लागि डस्बिन समेत राख्दै आएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन