गुल्मीको मुसिकोट १ मा १० प्रतिशत मत खस्यो



गुल्मी –  आइतबार बिहान ७ बजेदेखि गुल्मीको मुसिकोट नगरपालिका -१ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ । ९ बजे १५ मिनेटसम्म  मुसिकोट -१ मा १० प्रतिशत मत खसेको छ । चार सय ४९  मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


Advertisement

खसेको मत संख्याको आधारमा यो १० प्रतिशत हुन आउने मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।

वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा एमाले) बाट दलबहादुर थापा, नेपाली काङ्ग्रेसको तर्फबाट आनन्द श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) बाट दुर्गा बहादुर बिक उम्मेदवार छन् । त्यस्तै यस उप- निर्वाचनमा देशको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वडाध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ । रास्वपाबाट विकास थापा प्रतिस्पर्धामा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीले इश्वरी खाती क्षेत्रीलाई  उम्मेदवार बनाएको छ । वडाध्यक्ष पदमा तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । स्वतन्त्रतर्फ कुल बहादुर थापा, पोमानन्द खरेल र योगेन्द्र खनाल रहेका छन् ।  नेपाली काङ्ग्रेसलाई आफ्नो  साख जोगाउन पर्ने छ भने एमाले आफ्नो जीत निकाल्ने डौडमा छ । जिल्लाको एक वडामा मात्रै उप-निर्वाचन हुन लागेकाले यसलाई जिल्लामै एक महत्त्व र आफ्ना पार्टीको गौरव संग हेरिएको छ ।

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएको थियो ।  वडाध्यक्षको रिक्त पदमा अहिले उपनिर्वाचन गरिएको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.