गुल्मीको मुसिकोट १ मा ११७२ मत गणना हुँदा काङ्ग्रेसको अग्रता



 गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना भैरहेको छ । आइतबार राती ८ बजेबाट मत गणना गरिने भनिएपनी ९ बजेपछि मात्रै सुरु भएको थियो । राती १० :३० सम्म १ हजार १ सय ७२ मत गणना गरिएको छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ ५५०, एमालेका उम्मेदवार दलबहादुर थापाले ५२० मत प्राप्त गरेका छन्  ।त्यस्तै माओवादीका उम्मेदवार दुर्गा बि.क ५९ , राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिकास थापाले  २७ मत प्राप्त गरेका छन् ।त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार  ईश्वरी खाती क्षेत्रीले ४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र हात मिलाएको चिन्नले १ मत प्राप्त गरेको छ भने दुई स्वतन्त्र उम्मेदवारले खाता समेत खोलेका छैनन् । ११ सय ७२ मत गणना हुँदा बदर मत ११ रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । हाल सम्मको मत परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार श्रेष्ठले ३० मतले अग्रता लिएका छन् ।
Advertisement

वडामा ४ हजार ९१ जना मतदाता रहेका छन् । दुई हजार तीन सय ३४ कुल मत खसेको छ । जसमा एक हजार ४० पुरुष  र एक हजार दुई सय ९४ महिलाले मतदान गरेका छन् । ५७ दशमलव ०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन् । पाँच जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने तीनजना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन