१९ महिना पछि पत्रकार महासंघ गुल्मीको ताला खुल्यो



गुल्मी –  नेपाल पत्रकार महासंघ गुल्मीको सदस्यता सुदृढीकरण अभियानमा महासंघको पुर्ववर्ति कार्य समितिले पुर्वग्रहि ढङ्गले सदस्यता बाट नहटाउनु पर्ने सदस्यलाई समेत हटाएको आरोप लगाउदै सचारकर्मिहरुको ठुलो समूहले २२ महिना अघि सदस्यता कायम हुनुपर्ने माग राख्दै महासंघको कार्यालयमा तालाबन्दी गरेको थियो ।

उप्त ताला आज खोलेर कार्यालय संचालन गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले जानकारी दिए । ‘ कार्यालयमा झार उम्रेर बेहाल छ , गोडदै सफा गर्दैछौ , अध्यक्ष खत्रीले भने ,क्रियाशिल साथीहरु जो जो हुनुहुन्छ , उहाँहरुको सदस्यता पुनः कायम गराउने कुरामा आश्वस्त तुल्याएर २२ महिना पछि ताला खोलेका हौ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

सुदृढीकरण अभियान अघि गुल्मीमा सदस्यता लिएका पत्रकारहरुको सङ्ख्या ६३ जना थियो । सुदृढीकरणको मापदण्ड अनुसार निवर्तमान अध्यक्ष टोपलाल अर्याल नेतृत्वको कार्य समितिले बनाएको कार्यदलले कृयाशिल नभएका , भए पनि सरकारी शिक्षक लगायत विभिन्न पेशा र कृयाशिल राजनीतिमा सकृय भएकाहरूलाई सदस्यता बाट हटाउने सिफारिस गरेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.