गाउँसभा सदस्य थापाको निधनमा धुर्कोटमा सार्वजनिक बिदा



गुल्मी – धुर्कोट गाउँपालिका गुल्मीले बिहीवार सार्वजनिक बिदा  दिएको छ। गाउँसभा सदस्य चुराबहादुर थापाको निधन भएपछि बिहीवार गाउँपालिकाले शोक बिदा दिएको हो।

पौष ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले एक सूचना जारी गर्दै पालिकाले थापाको निधनमा सरकारी तथा सार्वजनिक निकायमा शोक बिदा दिएको बताए।


Advertisement

धुर्कोट गाउँपालिका अन्तर्गत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ संस्थाहरू एवं सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा ’शोक बिदा गरिएको सूचनामा उल्लेख गरिएको छ।

धुर्कोट गाउँपालिका वडानम्बर – ४ का गाउँ सभा सदस्य थापाको यहि पौष ९ गते ६१ बर्षको उमेरमा निधन भएको थियो। थापा गाउँपालिकाको न्यायिक समिति सदस्य , गाउँ शिक्षा समिती सदस्य रहेका थिए। उनी २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन धुर्कोट गाउँपालिका -४ बाट वडासदस्यमा निर्वाचित भएका थिए। थापा नेकपा एमालेको राजनीतिमा सक्रिय थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.