गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,सहचालक घाइते



गुल्मी  – गुल्मीमा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका – २ पाहादी स्थित कालिगण्डकी करिडोरमा लु १ क ५४०० नम्बरको टिपर  दुर्घटना हुँदा २४ बर्षीय चलाक श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।


Advertisement

चलाक कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङले उपचारको क्रममा मृत घोषणा गरेको थियो । शुक्रबार रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको टिपर राती १० : ३० बजेतिर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक चालक पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका – १ का स्थानीय बासिन्दा हुन् । त्यस्तै दुर्घटनामा परेर २३ बर्षीय सहचालक मोहन जैसी घाइते भएका छन् । घाइते भएका जैसीको घर सल्यान जिल्लाको बनगाड गाउँपालिका – ७  रहेको प्रहरीले जनाएको छ ।

टाउको र आँखी भौमा चोट लागे घाइते भएका जैसी प्राथमिक स्वास्थ्य केन्द्र जोहाङबाट सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन