मालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



गुल्मी –  गुल्मीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ।बिहीवारदेखि देविस्थान माध्यमिक विद्यालय घमिरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले गरिन् ।

राष्ट्रिय सभा सदस्य सापकोटाले विद्यार्थीलाई पठनपाठन संगै खेलका माध्यमबाट उनीहरुको प्रतिभा प्रस्फुटनका निम्ति स्थानीयले आयोजना गर्ने यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताइन् । उनले विद्यार्थीहरुको खेल प्रतिको रुचि र चाहानालाई पालिकाले प्रोत्साहन गरेकोमा धन्यवाद दिइन् । उनले  पछिल्लो समय खुलकुद क्षेत्र र खेलाडीको विकास भएको बताउदै उनले यसलाई प्राथमिक नियम कानुन निर्माणमा जोड दिने बताइन् ।


Advertisement

गाउँपालिका अध्यक्ष देविराम अर्यालले दुर्गम स्थानमा भएपनि पालिकाले शैक्षिक गुणस्तरीय वृद्धि र खेलकुद पर्वद्वनका निम्ति निरन्तर लागि परेको बताए । उनले मालिकाको समृद्धिको विभिन्न आयाम मध्ये खेलकुद एक रहेको उल्लेख गर्दै विद्यालय विभिन्न क्लबका माध्यम बाट युवाहरूलाई खेलप्रति आकर्षित गर्ने कार्य
गरेको बताए ।

ग्रामीण क्षेत्रमा खेल संचालन गर्दा स्थानीय स्तरमा नयाँ खेल प्रतिभा पहिचानका लागि रनिङ शिल्ड एक माध्यम बनेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । उपाध्यक्ष अर्यालले विद्यार्थीलाई अनुशासित मर्यादित र मेहनतका साथ खेल प्रर्दशन गर्न आग्रह गरे ।

मालिकामा समग्रह खेल क्षेत्र र खेलाडीको विकासका लागि गाउँपालिकाले विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको मालिका गाउँपालिका –७ का वडाध्यक्ष हिरा बहादुर कार्कीले बताए । उनले पछिल्लो समय ग्रामीण क्षेत्रका युवाको खेलमा रुची बढिरहेको समेत बताए । रनिङशिल्ड लागयतका
कार्यक्रमलाई वडादेखि पालिकाले निरन्तरता दिने वडाध्यक्ष कार्कीले उल्लेख गरे ।

प्रतियोगितामा देबिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीले मालिका गाउँपालिका भित्रका १४ विद्यालय सहभागी रहेको बताए । तीनदिन सम्म चल्ने चौथो रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा बीचमा विभिन्न खेल हुने गर्दछन् ।

जसमा कबड्डी, भलिबल,कराते,तेक्वान्दो,सर्ट,लङ, रिले दौड,हाईजम्प, लङजम्म र त्रिपल जम्म लगायतका खेल हुने
प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए ।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विजेता मालिका माध्यमिक विद्यालय मर्भुङ्ग सिमलटारीले हात पार्न सफल भएको थियो । उप–विजेता देविस्थान माध्यमिकविद्यालय घमिर बनेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.