गुल्मीमा वर,पिपल, स्वामीको विधिपुर्वक पुजा तथा विवाह



गुल्मी  –  गुल्मीमा वर,पिपल, स्वामीको विधिपुर्वक पुजा तथा विवाह गरिएको छ। सोमबार जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरा पार्कमा भव्यताका साथ पुजा तथा
विवाह कार्यक्रम गरिएको हो । हिन्दु धर्म ऐतिहासिक परम्परामा आधारित भएर त्रिवृक्षको संरक्षणको लागि वृक्षको पुजन गरिएको पण्डित घनश्याम आर्चायले जानकारी दिए ।


Advertisement

वर पिपल लोभ हुन थालेपछि त्यसको संरक्षणका लागि २०६९ सालमा गर्जुरामा जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघले त्रिवृक्ष रोपेको थियो । अहिले उनै वृक्षमा भव्यताका साथ पुजा र विवाह गरिएको हो । पण्डित आर्चायका अनुसार मानिस प्रकृति पुजक र भगवान्को आस्थामा धार्मिक कार्य गर्ने गर्दछन् । मानव जीवनमा आउने प्राकृति विपत्ति र मान्छेको रक्षाका लागि पनि धार्मिक विश्वास अनुरुप पुजा गरिएको उनले बताए ।

विष्णु भगवानको पिपल,बर्माको अवातर वर मानिन्छन् । उनीहरु बीचमा विवाह हुने गर्दछ । विवाहको साँची अर्थात् लोकान्तिका रुपमा महेश्वर भगवानको अवतारका रुपमा स्वामीलाई पुजन गरिने प्रचलन छ । पछिल्लो समय गाउँबस्तीमा बर पिपल लगायतका धार्मिक आस्था जोडिएका वृक्षहरु लोभ हुँदै गएकाले त्यसको
संरक्षणका लागि विवाह र पुजा कार्यक्रम गरिएको तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीका अध्यक्ष धनबहादुर रानाले बताए ।

लोभउन्मुख चौपारीको संरक्षणका लागि जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरामा साढे छ लाखको लगानीमा चौपारी निर्माण गरेको छ । चौपारी निर्माणको लागि रेसुङ्गा नगरपालिकाले ९८ हजार ५ सय ३४ र गुल्मी उद्योग वाणिज्य संघले २५ हजार आर्थिक सहयोग गरेका छन् ।चौपारीको लागि बाँकी आवश्यक रकम संस्थाका विभिन्न व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले चौपारीको उद्धघाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेको पन्थीले चौपारी निर्माण र पुजाको कर्म अत्यन्तै अनुकरण कार्यको सुरुवात भएको बताए । उनले पहलकदमी संघलाई धन्यबाद दिदैं काम सानो भएपनि समाजमा ठूलो सन्देश प्रवाह गरेको बताए ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा र महत्वलाई उजागर गरी पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको नगरप्रमुख पन्थीले बताए । २०६९ सालमा स्थापना भएको संंघ जिल्लाका सामाजिक कार्यक्रमा सरिक हुदैँ आएको छ । जिल्ला तरकारी
तथा फलफूल व्यावसायी संघ गुल्मीले चौपारी निर्माणदेखि अन्य कार्यमा सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको छ ।

२०६९ सालमा तदर्थ समिति हुदैँ स्थापना भएको उक्त संस्थाले
विपत्ति तथा धार्मिक कार्यमा समयमा खाद्यान्न र फलफूुल वितरण गरिएको संघका अध्यक्ष रानाले जानकारी दिए । उनले फलफूल संघले विभिन्न समयमा गरेका सामाजिक कार्यले समुदायमा परिवर्तन समाजसेवाको दियो छरिरहेको बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.