बालिकालाई करणी गरेको आरोपमा एक पुरुष प्रकाउ
गुुल्मी – गुल्मीमा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष प्रकाउ गरेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ का ५७ वर्षीय फर्सुराम पौडेल पक्राउ परेका हुन् । आफ्नै घरमा संरक्षण गरि राखेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि पौडललाई पक्राउ गएिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तम्घास बजारमा अलपत्र बालिकालाई २०७६ कार्तिक १ गते अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले संरक्षणमा लिएको थियो । तर,पौडलले १५ मंसिर २०७६ सालमा बालिकालाई आफ्नो संरक्षणमा राखेर पालन पोषण गर्न भन्दै घरमा लगेका थिए । आफ्नै घरमा पालनपोषण गर्न राखेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चार वर्षपछी उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार पौडेलले २०७७ सालको जेष्ठ महिनामा बालिकालाई ललाई फकाई डर धाक दिई जबर्जस्ती करणी गरेका थिए । बालिकाले हाल आफू संरक्षणमा रहेको एसोएस वालग्राम भैरहवा जबर्जस्ती करणीको गरेको खुलाएकी हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीमा फागुन १२ गते जाहेरी दर्ता भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । उनले पौडेललाई जिल्ला अदालतबाट –७ दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको बताए ।