ब्लड क्यान्सर पीडित बस्नेतलाई आर्थिक सहयोग
गुल्मी – गुल्मी छत्रकोट गाउँपालिका-६ दौघाका पाँच वर्षीय एरिकजंग बस्नेत ब्लड क्यान्सरले ग्रसित छन्। अहिले उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। बुबा तेजबहादुर बस्नेत लामो समयदेखि छोराको उपचारका लागि काठमाडौंमै छन्।
छोराको उपचारमा लाखौं खर्च हुने अस्पतालले बताएपछि घर परिवारले सबैमा अपिल गरेका थिए।संकलन भएको केही रकम सहयोगदाताले पीडितकै खातामा जम्मा गरिदिएको र बाँकी रकम उनको परिवारलाई हस्तान्तरण गरिने कार्कीले बताए। सोही रकम उनले फेसबुक लगायतका माध्यमबाट संकलन गरेका हुन्। आर्थिक अभावका कारण पाँच वर्षीय बालक अस्पतालको बेडमा छटपटाइ रहेको खबर पाएपछि आफूले सहयोग संकलन सुरु गरेको कार्कीको भनाइ छ।
अस्पतालले उनको उपचारको लागि लाखौं रकम मागेको छ। क्यान्सर पीडित बालकको पहिलो चरणको उपचार भइसकेको छ। छोराको उपचारलाई आर्थिक जुटाइदिने कार्की लगायत सहयोगदाता सबैलाई बुबा तेजबहादुरले धन्यवाद दिए।
उनले लामो समयसम्म दैनिक खर्ज्याङ्गदेखि तम्घास र तम्घासबाट खर्ज्याङ्ग आफ्नै सवारी चलाउँदै आएका थिए। एक्कासि छोरालाई ब्लड क्यान्सर लागेपछि सवारी बेचेर अहिले छोराको उपचारमा छन्। आर्थिक सहयोग पाएसँगै बस्नेत परिवारलाई छोराको उपचारमा थप मद्दत पुगेको छ।