गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ



गुल्मी – गुल्मी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा मृगेन्द्र प्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको निर्वाचनमा श्रेष्ठले ३२१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी राम प्रसाद पन्थीले २०१ मत प्राप्त गरेको गुल्मी उद्योग वाणिज्य संघ निर्वाचन अधिकृत बिष्णुप्रसाद बलालले बताए । पन्थी १२० मतान्तरले पराजित भएका हुन्।

निर्वाचन अधिकृत बलालका अनुसार खसेको ५ सय ३५ मतमा १३ वटा मत बदर भएका थिए। अध्यक्ष पदका लागि उम्मेदवार बनेक श्रेष्ठ र पन्थी काँग्रेस निकट व्यवसायी हुन । उनीहरू लामो समयदेखि गुल्मीको सदरमुकाम तम्घास बजारमा व्यावसाय गर्दै आएका छन ।


Advertisement

कुल ५ सय ८५ मतदातामध्ये ५३५ जनाले मतदान गरेका थिए। गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्षका बाहेक सबै पदमा निर्विरोध भइसकेको निर्वाचन अधिकृत बलालले बताए ।अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन गरिएको छ।

सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा उपाध्यक्षमा इश्वरी वेलवासे, गोपालप्रसाद भुसाल र ताराप्रसाद भुसाल चयन भएका छन्। त्यसैगरी, महासचिवमा चेतनारायण पाण्डे, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरीप्रसाद कंडेल तथा सह–कोषाध्यक्षमा कृष्ण खनाल चयन भएका छन ।

त्यस्तै, सदस्यहरूमा महेशकुमारराज भण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी निर्वाचित भएका छन् ।

नव–निर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य रहेको बताएका छन्। गत चैत्र ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा भएको थियो । ९ गते अधिवेशन हुने तयारी भएपनि सहमतीमा मिलाउनका लागि सारिएको थियो । तर उम्मेदवारले आफ्नो दाबी नछोडेपछि अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा भएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.