दोस्रो गुल्मी महोत्सव सुरु



गुल्मी – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए।


Advertisement

महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ।

महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमसहित झण्डै सयभन्दा बढी कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्। आयोजकले महोत्सवबाट करिब ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको छ।

गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार जिल्लामा रहेका स्थानीय उत्पादन , धार्मिक एतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार ,मझौला उद्योगहरूको प्रचारप्रसार गर्दै तिनीहरूको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य हो। साथै स्थानीय उत्पादनहरूको बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.