फेन्सी कपडा व्यवसायी समिति गुल्मीको क्यालेन्डर विमोचन
गुल्मी – फेन्सी कपडा व्यवसायी समिति गुल्मीले नयाँबर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ। आइतबार जिल्लाको सदरमुकाम तम्घासमा कार्यक्रमको आयोजना गरेर नयाँ बर्षको शुभकामना आदानप्रदान संगै भित्तेपात्रोको विमोचन गरिएको हो ।
रेसुङ्गा नगरपालिका–१ का वडाध्यक्ष रामप्रसाद पन्थीले नयाँ बर्षको क्यालेन्डरको विमोचन गरेका हुन् । वडाध्यक्ष पन्थीले पछिल्लो समय स्थापना गरिएको छोटो समयमै समितिले धेरै फेन्सी व्यावसायीलाई एकरुपता गर्न सफल भएको बताउँदै फेन्सी व्यावसायीका हक,हित र अधिकारका पक्षमा रहेर काम गर्न आग्रह गरे ।
समितिका कोषाध्यक्ष रामकृष्ण पौडेलले क्यालेन्डर निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरे। उनले यस क्यालेन्डरमा फेन्सी व्यावसायीले विभिन्न समयमा गरेका कार्यक्रमका तस्बिर राखिएको बताए ।
फेन्सी कपडा व्यवसायी समिति रेसुङ्गा नगरपालिकाका नगर सचिव केशव मरासिनीले जिल्लामा कपडा व्यवसायीहरूको पहिचानलाई समाजमा चिनाउन क्यालेन्डर निर्माण गरिएको बताए । उनले फेन्सी व्यावसायी व्यवसाय मात्र होइन, सामाजिक जिम्मेवारी पनि प्राथमिकतामा राखेर अगाडी बढेको बताए ।
विगत दुई बर्षदेखि फेन्सि व्यवसायी समिति सामूहिक संस्था दर्ता गरी अगाडि बढेको छ। अहिले जिल्लाभरका ५ सय बढी फेन्सी व्यावसायी समितिमा आवद्ध रहेक छन् ।
फेन्सी व्यवसायीहरूलाई परेका हरेक समस्यामा फेन्सी कपडा व्यवसायी समिति सदैव साथमा रहेको जिल्ला अध्यक्ष अर्जुन कार्कीले बताए । समितिले हरेक व्यवसायीका हक–हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
फेन्सी व्यावसायी समितिले “विपद् व्यवस्थापन, मन्दिर सरसफाइ ,अव्यवस्थित व्यापारलाई व्यवस्थापन गर्ने कार्य लगायत सामाजिक कार्यमा समिति सक्रिय रहेको अध्यक्ष कार्कीको भनाई छ।
स्थानीय फेन्सी व्यवसायीहरूको साझा संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अगाडि बढ्नु सकारात्मक अभ्यास रहेको पाइन्छ ।