माओवादी केन्द्र, रेसुङ्गाको नगर कमिटीको तेस्रो अधिवेसन सम्पन्न



गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेसुङ्गा नगरकमिटी गुल्मीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले गिरीप्रसाद महाकिमको अध्यक्षतामा ५५ सदस्यिय माओवादी केन्द्र रेसुङ्गा नगरकमिटीको गठन गरेको छ ।

जसको उपाध्यक्षमा सीता विश्वकर्मा, कृष्ण बहादुर बस्नेत, चन्द्र बहादुर, सचिवमा भरत पन्थी, सह–सचिवमा खिम बहादुर बुचा, भीम बहादुर राकसकोटी, शेर बहादुर मल्ल, मुम बहादुर तङ्नामी र चुरा गैरे तथा कोषाध्यक्षमा हेम बहादुर भलामी निर्वाचित भएका छन् । नवगठित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं पूर्व मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले अहिलेको सरकार भ्रष्टाचारतर्फ धेरै नै उन्मुख भएकोले जनता जागरुक हुनुपर्ने बेला आएको बताए । काँग्रेस र एमालेका धेरै नेता कार्यक्रता भ्रष्टाचारमा मुछिएकै डरले तत्कालिन माओवादी सरकार ढलेको उनले बताए ।

अहिले पनि विभिन्न मुद्धामा पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु, रास्वपा सभापति रवि लामिछानेको मुद्धा टुंगो नलगाउनु, गृहमन्त्री नै भिजिट भिसा प्रकरणमा स्वयम् गृहमन्त्री नै संलग्न देखिनु जस्ता थुप्रै काण्डमा सरकार संचालकहरु नै संलग्न रहेको बरालले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य निम बहादुर पाण्डे, विर बहादुर कार्की, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य लिला थापा बराल, गुल्मी जिल्ला संयोजक तेजेन्द्र सलामी, सचिव अशोक थापा, प्रदेश सदस्य गीता थापा, प्रेस सेन्टरका अध्यक्ष हुमाकान्त पोखरेल, जिल्ला कमिटी सदस्य भरत चन्द लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकै अवसरमा शहिद स्मृती प्रतिष्ठान गुल्मीले क्यालेन्डर विमोचन गरेको छ । देशको राजनीतिक आन्दोलनका क्रममा सहादत् प्राप्त शहिदहरुको तस्विर समेटेर क्यालेन्डर बिमोचन गरिएको हो । क्यालेन्डरमा नेपालका प्रथम सहिद, जनआन्दोलनका सहिदहरु, गुल्मीका प्रथम सहिद लगायत सबै सहिदहरु, सुखानी काण्डमा साहदत् प्राप्त गर्ने सहिदहरु लगायतको बारेमा जानकारी दिइएको छ ।

नयाँ पुस्तालाई माओवादी आन्दोलन र सहिदप्रति नयाँ पुस्तालाई जानकारी दिने उदेश्यले क्यालेन्डर प्रकाशन गरिएको जिल्ला सचिव अशोक थापाले जानकारी दिए । कार्यक्रम माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटी अध्यक्ष गिरीप्रसाद महाकीमको अध्यक्षता, लुम्बिनी प्रदेश अध्यक्ष बरालको प्रमुख आतिथ्यता, उपाध्यक्ष सीता विश्वकर्माको स्वागत मन्तव्य तथा सचिव भरत पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.