गुल्मीका विभिन्न स्थानमा बजार अनुगमन
गुल्मी – गुल्मीमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीको आयोजनामा जिल्लाको धुर्कोट, मालिका तथा इस्मा गाउँपालिकामा बिहीबार अनुगमन गरिएको हो । धुुर्कोट गाउँपालिकाको वडा नम्बर ६ रजस्थल, वडा नम्बर ७ वाग्ला, मालिका गाउँपालिकाको वडा नम्बर ८ सिमलटारी बजार, इस्मा गाउँपालिकाको वडा नम्बर ५ मा अनुगमन गरिएको छ ।
गल्ला तथा किराना, कपडा पसल, विध्यालयका क्यान्टिन, होटल, ब्युटी पार्लर, औषधी एवं भेटेनरी पसल, भाँडा पसल, इलेक्ट्रोनिक पसल लगायतका गरि ६४ व्यवसायीक फर्महरूको अनुगमन गरिएको घरेलु तथा साना उध्धोग कार्यालयका कम्युटर अपरेटर नारायण पन्थीले जानकारी दिए । म्याद गुज्रेका सामग्रीको अवस्था, सरसफाई, व्यवसाय दर्ता, नविकरण लगायतका बिषयमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा सिमलटारी बजारमा म्याद गुज्रेका सामग्री बिक्री गरेको पाइएको छ । त्यस्ता सामग्रीलाई अनुगमनको टिमले जफत गरेको छ । त्यसैगरी दर्ता र नविकरण नभएका व्यवसायीक फर्महरूलाई घरेलु कार्यालयले विभिन्न समयमा बजार अनुगमन गर्ने गरेको छ । बजारमा जतिबेला पनि अनुगमन हुनसक्ने तर गाउँमा अनुगमन नहुँँदा अखाध्य वस्तुहरू बिक्री हुने सम्भावनालाई मध्यनजर गर्दै घरेलुले अनुगमन गरेको हो । कार्यालय प्रमुख राजिव अर्यालले उपभोक्ता सचेतनाको लागि अनुगमन गरिएको बताए ।
अनुगमनको क्रममा व्यापारी, उपभोक्ता र विध्यार्थीलाई समेत सचेत गराइएको अर्यालले बताए । कार्यालयले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको थियो ।