गुल्मीको पूर्तिघाट बजारमा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ स्थापना



गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिकामा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ उद्घाटन गरिएको छ ।  नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले सेभा नेपालको आर्थिक सहयोग र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ स्थित पूर्तिघाट बजारमा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ स्थापना गरिएको हो ।

उक्त केन्द्र संघको छैठौं शाखाको रूपमा स्थापना गरिएको हो ।  केन्द्रको उद्घाटन कार्यक्रम कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका महासचिव भरतबहादुर चन्दले पालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि कालीगण्डकी जस्ता ग्रामीण भेगमा यस्ता आँखा उपचार केन्द्र संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गाउँगाउँमा सहज उपचारकाे सेवा पुर्‍याउन सदैव लागेको बताए ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले आफ्नो ठाउँमा आँखा उपचार केन्द्र स्थापना हुनुले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले पालिकाले आफ्नै सम्पत्ति सम्झेर सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामी, संघ लुम्बिनी प्रदेश उपसभापति शेरबहादुर थापा, पाल्पा जिल्ला शाखा अध्यक्ष बुद्धिप्रसाद शर्मा, अर्घाखाँची जिल्ला शाखा अध्यक्ष दलबहादुर केसी, गुल्मी जिल्ला शाखा अध्यक्ष अखिलश्वरप्रसाद पाण्डेय, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी, सातवटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला शाखा गुल्मीका पदाधिकारी, स्वास्थ्य संयोजक, विभिन्न कार्यालय प्रमुख तथा आमा समूहका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । उद्घाटन समारोहको अवसरमा ३५ जना बिरामीको निःशुल्क आँखाको परीक्षण पनि गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.