गुल्मीमा जनप्रतिनिधिबाट दुर्व्यवहार भएको भन्दै कर्मचारीले गरे पेन डाउन



गुल्मी : आगामी असार १० गतेभित्र स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट गाउँसभा वा नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ।

पछिल्लो समय अधिकांश पालिकाहरू नीति निर्माण, चालू योजनाको भुक्तानी तथा प्रतिवेदन तयार गर्ने जस्ता काममा व्यस्त छन्। तर गुल्मीको मुसिकोट नगरपालिकामा भने जनप्रतिनिधिबाट दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले शुक्रबारदेखि पेन डाउन आन्दोलन सुरु गरेका छन्। उनीहरू योजना फाराम, भुक्तानी प्रक्रिया र अन्य प्रशासनिक काममा संलग्न हुनुपर्ने बेला कलम बिसाएर विरोधमा उत्रिएका हुन्, जसका कारण कार्यालय सेवा प्रवाह प्रभावित भएको छ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

नगरपालिकाका कर्मचारीहरूले कार्यस्थलमै केही जनप्रतिनिधि तथा व्यक्तिबाट दुर्व्यवहार, तथ्यहीन आरोप, अपशब्द प्रयोग, डर–धम्की, कार्यस्थलमै बन्धक बनाउने जस्ता गतिविधि भएको आरोप लगाएका छन्। यस्ता घटनाले आत्म–सम्मानमा चोट पुगेको र कार्य वातावरण असहज बनेको उनीहरूको भनाइ छ। नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरूको आकस्मिक बैठकबाट सम्मानजनक वातावरण निर्माण नभएसम्म सामान्य सेवा नदिने निर्णय गरिएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए। नगरपालिका भित्रका कर्मचारीले सामूहिक हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र शुक्रबार नै नगरप्रमुख जीवलाल खरेल ‘जीवन’ र उपप्रमुख गंगा श्रेष्ठलाई बुझाएका छन्।

ध्यानाकर्षण पत्रमा दुर्व्यवहारको विरोध गर्दै सम्मानजनक वातावरणको माग गरिएको छ। यद्यपि पत्रमा ती जनप्रतिनिधि वा व्यक्तिहरूको नाम उल्लेख गरिएको छैन। ध्यानाकर्षण पत्रमा अत्यावश्यक सेवा भने जारी रहने उल्लेख गरिएको छ। ‘हामीले पेन डाउन गर्नुको कारण स्पष्ट गर्दै ध्यानाकर्षण पत्र बुझाएका छौं। यदि कर्मचारीलाई काम गर्ने सहज वातावरण सिर्जना भएन भने आन्दोलनका थप चरण अघि बढाउने तयारीमा छौँ,’ उनले भने,

कर्मचारीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख खरेलले कर्मचारीले भोग्दै आएका समस्याको तत्कालै समाधान गर्ने बताएका थिए। तर, शुक्रबार साँझसम्म कुनै निर्णय नआएको उनीहरूले बताएका छन्। कर्मचारीले ध्यानाकर्षण पत्र मार्फत यस्ता अमानवीय व्यवहारको घोर भर्त्सना समेत गरेका छन्।

कर्मचारीहरूद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ कि केही दिनदेखि जनप्रतिनिधि र केही व्यक्तिहरूबाट तथ्यहीन आरोप, अपशब्द प्रयोग, डर–धम्की, कार्यस्थलमै बन्धक बनाउने जस्ता घटनाहरू दोहरिँदै आएका छन्। यस्ता घटनाले कर्मचारीहरूको आत्म–सम्मानमा गम्भीर चोट पुगेको र कार्यस्थल असुरक्षित भएको उनीहरूको गुनासो छ।

पेन डाउन सुरु गरेका कर्मचारीले नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिले समस्याको समाधानका लागि पहल गर्ने जनाइएको छ। कर्मचारीहरूले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै, सम्बन्धित सबै निकायसँग दबाब वा प्रभावमा नपरी निष्पक्ष निर्णय लिन आग्रह गरेका छन्। कर्मचारीहरूले सार्वजनिक सेवा अबाध रूपमा सञ्चालन गर्नका लागि सुरक्षित र सम्मानजनक वातावरणको निर्माण गर्न आग्रह गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.