गुल्मीको रेसुङ्गामा आन्तरिक रोजगारीबारे अन्तरक्रिया



गुल्मी – गुल्मीमा आन्तरिक रोजगारीको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेसुंगा नगरपालिकाको आयोजनामा बिहिबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारदाता, उद्योगी, व्यवसायी, विद्यार्थी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो । आन्तरिक रोजगारीको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू विषयमा सहभागिले केही महत्वपूर्ण सुझाव सहितका जिज्ञासा राखेका थिए ।

उनीहरुले पछिल्लो समय देशमा वैदेशिक रोजगारी र बसाइसराईका कारण आन्तरिक रोजगारी उपेक्षित बनेकोमा चिन्ता व्यक्त गरे । सहभागी राजु कुँवरले कृषि व्यवसायीकरण, स्थानीय पर्यटन प्रवद्र्धन, उपज प्रशोधन केन्द्र निर्माण, सीपमूलक तालिम र ‘रेसुंगा युवा फोरम’ गठनजस्ता कार्यक्रम आवश्यक रहेको बताए । पढ्दै–कमाउँदै गर्ने कार्यक्रम कम प्रभावकारी भएको उल्लेख गर्दै रेसुंगा बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदीप खत्रीले विद्यार्थीहरू रोजाईमा विदेश भइरहेकाले उनीहरूको सीप र ज्ञानको सही प्रयोग गरी स्वदेशमै अवसर दिनुपर्नेमा जोड दिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै अन्तरक्रिया कार्यक्रममा विद्यार्थी नेता निशान टण्डनले स्थानीय उत्पादनको ब्रान्डिङमा जोड दिँदै रेसुङ्गामा जडीबुटीबाट बनाइने चिया र त्यस क्षेत्रमा पाइने जडीबुटीलाई व्यवसायिक बनाउन सकेपनि आन्तरिक रोजगारीमा थप टेवा पुग्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले कोल्ड स्टोर निर्माण, अनुसन्धान शाखा स्थापना लगायत आन्तरिक स्रोत सुदृढीकरणमा ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले पुँजी परिचालनको चुनौती, परियोजनाको अभाव, तरलता व्यवस्थापनको समस्याहरु राखेका थिए । अहिले देशमा दक्ष जनशक्तिको अभाव, स्वरोजगारप्रति युवाको रुचि कमी, र स्थानीय तहको अनुदान प्रभावकारितामा कमजोर भएको कृषि उद्यमी प्रेम नेपालीले गुनासो गरे । नेपालीले विद्यालयमा कृषि बिषयमा राम्रो पढाई हुने भएपनि युवा र विद्यार्थीको रोजाई नै विदेश हुने गरेको बताए ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीेले अहिले नगरपालिकाले मानव पुँजी र पूर्वाधार विकासलाई प्राथमिकता दिंदै अगाडी बढेको बताए । उनले जिल्लामा पर्यटन विकास र रेसुंगा क्षेत्रको महिमा उजागर गरेर पर्यटन प्रवद्र्धनका लागि “जाउँ हिँड रेसुंगा” अभियान संचालन गरिरहेको सुनाए । नगरपालिकाले पर्यटन,भौतिक सहित मानवीय विकासका आयामलाई पनि अगाडी सारिएको नगरप्रमुख पन्थीले उल्लेख गरे ।

“समुन्नत रेसुंगा हाम्रो सान,उत्कृष्ट नगर सबैको पहिचान”को नारा बोकेको रेसुंगा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिता दिएको छ । कार्यक्रममा रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक गुणानिधि शर्माले आन्तरिक रोजगारको वर्तमान अवस्था र सरकारी प्रयासहरू बारे प्रस्तुति दिएका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.