रक्तदान अभियानमा योगदान पुर्‍याउने १६ जना सम्मानित



Screenshot

गुल्मी – नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मी जिल्ला शाखाले स्थापना दिवसको अवसरमा १० पटकभन्दा बढी रक्तदान गरेका १६ जना स्वयंसेवी रक्तदातालाई सम्मान गरेको छ।


Advertisement
Advertisement
Advertisement

तम्घासमा आयोजित कार्यक्रममा सम्मानपत्र र खादा प्रदान गर्दै रक्तदानजस्तो मानवीय अभियानमा निरन्तर लागेका रक्तदाताको योगदानको कदर गरिएको हो। सोही अवसरमा २१ जना नयाँ सदस्यलाई संस्थामा आबद्ध गराइएको छ।

 

कार्यक्रममा संस्थाले आपतकालीन अवस्थामा रगत व्यवस्थापन, नयाँ रक्तदाता तयार गर्ने तथा नियमित रक्तदान अभियान सञ्चालन गर्दै आएको जानकारी दिँदै गुल्मीमा व्यवस्थित ब्लड बैंक स्थापना गर्न आवश्यक रहेकोमा जोड दिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.