३ वर्ष वित्दा समेत बनेन् ग्वागा स्वास्थ्य चौकीको भवन
गुल्मी – गुल्मी जिल्ल्को चन्द्रकोट गाउँपालिका ५ ग्वाघा स्वास्थ्यचौकी निर्माण सुरु भएको ३ वर्ष बितिसक्दा समेत काम सम्पन्न हुन सकेको छैन् । २ वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको भवन निर्माणको काम समयमै सम्पन्न नहुदाँ सेवाग्रहीले समस्या झेल्न बाध्य छन् ।
२०७५ साल चैत्र ५ गते कर्मा कन्ट्रक्सन प्रा.लि काठमाडौँ र संघिय आयोजना कार्यान्वयन इकाई रुपन्देही बिच १ करोड ६१ लाख ४४ हजार ७सय ३८ रुपैयाँमा भवन निर्माण कार्य गर्ने सम्झौता भएको थियो ।
२०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्नेगरि सम्झौता भएको थियो तर हाल आएर भवन निर्माण कार्यले गति नलिदाँ स्वास्थ्यचौकी अलपत्र परेको छ । भवनको काम समयमा सम्पन्न हुन नसक्दा स्वास्थ्य सेवा लिन समस्या परेको स्थानिय सिता विटालुको भनाई छ । बषौंदेखी ग्वाघा स्वास्थ्यचौकीले पुरानो भवनबाट नागरिकलाई सेवा सुविधा प्रवाह गदै आएको छ । प्रसुति तथा वृद्धवृद्धालाई सेवा प्रवाहमा असहज भएको स्वास्थ्य चौकीका अहेव मिलन पल्ली मगरले बताए ।
निर्माण ब्यवसायीले कामदारहरुलाई ज्याला समयमा दिलाउन नसक्दा भवन निर्माणमा ढिलासुस्ती भएको पाइएको छ । भवन निर्माणको जिम्मा पाएको कम्पनीको मनपरीले स्वास्थ्य चौकीको भवन यसरी अलपत्र परेको वडा कार्यालयको भनाई छ । स्वास्थ्यचौकी भवन निर्माण व्यवसायीको लापर्वाहिको कारण अलपत्र छ । गाउँपालिका , वडा कार्यालय ठेकेदारलाई बारम्बार सम्पर्कमा ल्याउन खोज्दा मोवाइल अफ र सम्पर्क विहिन भई निर्माण ब्याबसायि तर्किरहेको चन्द्रकोट ५ वडा अध्यक्ष टेक बहादुर पुनले बताए। वडा अध्यक्ष पुनका अनुसार आफुहरुले निर्माण ब्याबसायिलाई सम्पर्कमा ल्याउन पहल गरिरहेको उनले बताए ।