आधुनिक सूचना प्रविधिको प्रयोगमा अवसर र चुनौती
कम्प्युटरको इतिहास प्रायः ऐतिहासिक समयबाट सुरु हुन्छ । अङ्कहरूको विकास हुनु अगाडि मान्छेहरू गणना गर्न भित्तामा धर्काहरू कोर्ने, आफ्ना जनावरहरू गणना गर्न ढुङ्गाहरू प्रयोग गर्ने, आफ्ना औंलाहरू र डोरीका गाँठाहरू प्रयोग गर्ने गर्दथे । यसको फलस्वरूप हिन्दु दार्शनिकहरूले गणना गर्न नयाँ प्रविधि विकास गरे । यसमा ०–९ सम्मका अङ्कहरू प्रयोग गरिन्थ्यो । यसमा जम्मा १० ओटा मात्र हुने भएकाले यसलाई डेसिमल नम्बर (मभअष्mब िलगmदभच कथकतझ) भनिन्छ । मानवको विकाससँगै उनीहरूले व्यापार गर्न थाले । यसमा विभिन्न किसिमका अप्ठ्यारा हिसाब गर्नुपर्ने भयो । यही दौरानमा विभिन्न समयमा विभिन्न अप्ठ्यारा किसिमका हिसाबहरू सजिलै सम्पन्न गर्न नयाँ नयाँ मेसिन र प्रविधिको विकास गर्न थाले ।
सञ्चार सेवा, निर्माण सेवा, शिक्षा सेवा, वित्तीय सेवा र पर्यटन तथा यात्रा सम्बन्धी सेवा जस्ता क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । निरन्तर बिजुली आपूर्तिको अभाव र कमजोर इन्टरनेट जडानले नेपालको क्षमता झनै कमजोर भएको छ । देशको विकास रणनीति तर्जुमा गर्दा सूचना प्रविधिलाई पहिलो प्राथमिकतामा राखेमा दिगो विकास र दीर्घकालीन लक्ष्यहरू हासिल गर्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।अति संवेदनशील र अधिकतम सर्भर पूर्वाधार आवश्यक पर्ने बाहेकका सरकारी निकायहरुले आफ्नै परिसरमा डाटा केन्द्र स्थापना गर्ने र आवश्यकता भन्दा बढी पूर्वाधार खरिद गरी कोलोकेशन गर्ने कार्यलाई नेपाल सरकारले निरुत्साहित गरी राष्ट्रिय स्तरमा करिब १० मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गरी उच्चतम पूर्वाधार, सुरक्षित र भ्लतभचउचष्कभ सेवाहरू सहित डाटा केन्द्रको विकास एवं विस्तार गर्न नीति तथा कार्यक्रम, बजेट, दक्ष र तालिम प्राप्त जनशक्ति व्यवस्था गर्नुपर्ने देखिन्छ ।
सुचना प्रविधिको निरन्तर विकास, बढ्दो प्रयोग एवं गतिशिलतासँगै दिनानुदिन बढ्दै गैरहेको व्यक्तिगत, संस्थागत डाटा चोरी÷ दुरुपयोग, सूचना प्रविधि प्रणालीहरूमाथिको अनाधिकृत पहुँच, साइवर अपराध, सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइवर आक्रमणको प्रतिरक्षा गर्ने विषयलाई सुनिश्चित गर्न, साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने यस्ता आक्रमणहरूबाट सुरक्षित रहन अत्यावश्यक भएको छ । त्यसैले पनि सूचना प्रविधि पूर्वाधार सुरक्षा विश्वव्यापी रुपमा ठूलो चिन्ताको विषय भएको छ । विश्वभर हरेक वर्ष साइबर आक्रमणको कारण व्यवसायहरूले ठुलो घाटा व्यहोरिरहेका छन् । सूचना प्रविधि सुरक्षाले फिसिङ, आक्रमण र अनाधिकृत पहुँचबाट सूचना प्रविधि पूर्वाधारलाई सुरक्षित राख्ने अभ्यास र तयारीलाई जनाउने गर्दछ ।
साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको कानूनी एवं संस्थागत व्यवस्था, साइबर सुरक्षाको विद्यमान अवस्था, नेपालमा हुने साइवर अपराधको प्रवृत्ति विश्लेषण तथा चुनौती अध्ययन गरी साइबर अपराध नियन्त्रण एवं प्रभावकारी साइबर सुरक्षाका लागि गर्नुपर्ने कार्यहरु सम्बन्धमा निकायगत भूमिका समेत पहिचान गर्नुपर्ने हुन्छ । सुरक्षाका लागि असल अभ्यासहरूको पालना र खुला मापदण्डहरू प्रयोग गरी लागु गर्नु पर्दछ ।
सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका अवसर
. सेवा प्रवाहको लागत न्यूनीकरण गर्दछ,
. समयमै सूचना प्रवाह हुन्छ,
. सहकार्य, सहभागिता, सशक्तीकरण र समयमा प्रभावकारिता ल्याउँछ,
. गुनासो सुनुवाई प्रभावकारी हुन्छ,
. सेवाग्राही र सेवाप्रदायकबीच अन्तरसंवाद बढ्छ,
. ज्ञान तथा अनुभवको आदान–प्रदान हुन्छ,
. पृष्ठपोषण लिन सजिलो हुन्छ,
. जवाफदेहिता अभिवृद्धि हुन्छ,
. भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुन्छ,
. नागरिक खबरदारी बढ्छ,
. जनसहभागिता र सहकार्य बढ्छ,
. सेवाको बजारीकरण गर्न सरल हुन्छ,
. सूचना संस्कृतिको विकास हुन्छ,
. सेवाग्राहीको आवश्यकता पहिचान हुन्छ,
. भनसुन र हेलो इफेक्ट कम हुन्छ,
. सेवा प्रवाह अन्तर्राष्ट्रिय स्तरको हुन्छ,
. सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण बढ्छ ।
सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका चुनौती
. आधुनिक प्रविधिमा पहुँचको कमी हुनु,
. सरल प्रकृतिको भाषा तथा माध्यम छनोटमा कठिनाइ हुनु,
. गलत सूचना तथा समाचार सम्प्रेषणलाई रोक्न कठिन हुनु
. साइबर सुरक्षाको विश्वसनीयता अभिवृद्धि गर्नु,
. मनोवैज्ञानिक त्रास र द्वन्द्व निवारण गर्नु,
. महत्वपूर्ण सरकारी विवरण बहुराष्ट्रिय कम्पनीको हातमा पुग्नबाट बचाउनु,
. सस्तो प्रचारमुखी सामग्रीले प्रमुखता पाउन नदिनु,
. अध्ययन, अनुसन्धान र अन्वेषण विकास गर्दै लैजानु,
. पहुँचवालाको प्रभाव न्यूनीकरण गर्नु,
. नागरिकको वास्तविक समस्याको सुनुवाई हुने वातावरण बनाउनु,
. विद्युत् र उच्च गतिको इन्टरनेटलाई व्यवस्थित बनाउनु,
. मुलुकको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका आइटी कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नु,
. उच्च सीपयुक्त जनशक्ति र अर्धदक्ष जनशक्ति पर्याप्त मात्रामा विकास गराउनु,
. सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिई केही वर्षका लागि निश्चित प्रतिशत करछुटको व्यवस्था गर्नु,
. आइटी कम्पनीका लागि स्थानीय बजार पर्याप्त बनाई श्रम कानुन सहज गराउनु,
. लगानी गर्दा सुरुमै चर्को लाभकर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नु ।
नेपालमा सूचना प्रविधि विकास र प्रवर्द्धन गर्न निम्न सुझावहरु प्रस्तुत गर्न सकिन्छ ।
. नीति निर्माताहरूले आईसीटी नीति व्यावहारिक र वास्तविकतामा सजिलै रूपान्तरणयोग्य साथै हुनुपर्दछ ।
. सञ्चार माध्यमबाट जनचेतना जगाएर र आईसीटीको प्रयोगप्रति सकारात्मक मनोवृत्ति विकास गरी आईसीटीमा साक्षरताको स्तर बढाउनुपर्छ ।
. आईसीटी सम्बन्धित उपकरणहरूको उचित वित्तपोषण र मर्मतसम्भारका लागि आवश्यक बजेट उपलब्ध गराइनुपर्छ ।
. आईसीटी सञ्चालन र यसको अधिकतम प्रयोगको लागि निरन्तर बिजुली चाहिन्छ । तसर्थ, सरकारी डाटा केन्द्र तथा सूचना प्रविधि पूर्वाधारहरुमा आईसीटीको प्रयोग बढाउन विद्युत आपूर्तिलाई व्यापक रूपमा वृद्धि, सुधारको काम गर्नुपर्छ ।
. सूचना प्रविधि पूर्वाधारको न्युनतम आधार तय गरी सोको मानकीकरण र प्रमाणीकरणको नीति तर्जुमा तथा कार्यान्वयनमा ध्यान दिनुपर्छ ।
. सूचना प्रविधि प्रणालीहरुको निर्माण गर्दा नागरिकको आवश्यकता अनुसारका महत्वपूर्ण र संवेदनशील सेवाहरुको पहिचान गरी त्यस्ता सेवाहरु छिटो, छरितो, सुलभ, गुणस्तरीय तथा प्रभावकारी हुने गरी गर्नुपर्दछ ।
. एक निकायमा संचालनमा रहेको सूचना प्रविधि प्रणालीको सेवा अर्को निकायको समान खालका सूचना प्रविधि प्रणालीले समेत उपयोग गर्न सकिने गरी निर्माण गर्नुपर्दछ ।
. सूचना प्रविधि प्रणालीहरुमा रहेको सूचना तथा तथ्याङ्कहरु राष्ट्रिय सम्पतिको रुपमा रहने र त्यस्ता सूचना तथा तथ्याङ्कहरु सम्बन्धित सरकारी निकायको स्वामित्व तथा नियन्त्रणमा रहने गरी व्यवस्थापन गर्नुपर्दछ ।
. विभिन्न निकायहरुमा प्रयोग हुने एकै प्रकृतिका सेवा प्रबाह र आन्तरिक कार्यालय संचालनका लागि एकीकृत सफ्टवेयर प्रणाली लागु गर्नु पर्दछ । जसले गर्दा कम लागत÷स्रोतसाधन र व्यवस्थापन गर्न समेत सजिलो हुन्छ । (उदाहरणका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका लागि एकीकृत कार्यालय संचालन र सेवा प्रवाहका प्रणाली लागु गर्नु उपर्युक्त हुन्छ ।)
. सूचना प्रविधि पूर्वाधारको विकासले अझ पारदर्शी र व्यवस्थित सार्वजनिक सेवाका साथ सुशासनको लागि वातावरण सिर्जना गर्न मद्दत गर्ने क्षमता राख्छन् ।
लेखक : कृष्ण घिमिरे ‘गुल्मेली’ / मालिका ०७,घमिर गुल्मी / हाल बुटवल